काठमाण्डु – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अतिआकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५% को अतिआकर्षक व्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । व्याजदर १ बर्षसम्म स्थिर रहनेछ ।
‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य रहेको छ ।
योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जा सम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ ।
बैंकले मेहनती उद्यमी तथा व्यवसायीहरूसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।




प्रतिक्रिया