काठमाण्डु – नेपाली कांग्रेसको बागमती प्रदेश समितिले चलचित्रका कलाकार, निर्माता तथा निर्देशक नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवारका लागि सिफारिस गरेको छ ।
उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकोमा बागमती प्रदेश समितिले शाहको नाम समेत समावेश गरी ९१ जनाको नाम पठाएको छ ।
पार्टीको केन्द्रीय समितिले प्रदेश समितिबाट नामावली सिफारिस गर्न बुधबारसम्मको समय दिएको थियो ।
राष्ट्रियसभा अध्यक्षसहित रिक्त हुन लागेका २० सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ ।
प्रतिक्रिया