कांग्रेस आधिकारिकता सम्बन्धी निर्णय सुनाउन निर्वाचन आयोगमा बैठक जारी, सुरक्षा व्यवस्था कडा

कांग्रेस आधिकारिकता सम्बन्धी निर्णय सुनाउन निर्वाचन आयोगमा बैठक जारी, सुरक्षा व्यवस्था कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा निर्णय सुनाउन बैठक बसीरहेको छ ।

दुवै पक्षका कागजात अध्ययन गरेर निर्णयका लागि कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरूको छलफल जारी रहेको छ ।

आयोगलाई आज रातिसम्म निर्णय गर्नुपर्ने दबाब रहेको छ ।

आयोग बाहिर सडकमा गगन थापा र शेरबहादुर देउवा पक्षधर कांग्रेस नेता, कार्यकर्तको भिड लागेको छ ।

पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।

आयोग बाहिर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सुरक्षा व्यवस्था कडा परिएको छ ।