निर्मल पुर्जाले पाए ७ लाख पुरस्कारसहित ‘नविल हिरो’ उपाधि


काठमाडौं – विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ को उपाधिबाट सम्मान गरेको छ ।

सबैभन्दा छोटो समय (७ महिना)मा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै बैंकले ७ लाख राशीको पुरस्कारसहित उपाधिबाट सम्मान गरेको नविल बैंकका सीईओ अनिल केशरी साहले जानकारी दिए ।

म्याग्दीका स्थायी वासिन्दा पुर्जाले हिमाल आरोहणकै लागि ब्रिटिस सेनाको जागिर छाडेका थिए । कार्यक्रममा पुर्जाले पर्वतारोहणका क्रममा आफ्ना अनुभव बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement