निर्मला पन्तकाे न्यायकाे माग गर्दै साँझ ५ बजेबाट लाइभ कार्टुन


काठमाडौँ– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सडकमै ‘लाइभ पेन्टिङ र कार्टुन’ गरिने भएको छ ।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा गरिने प्रतीकात्मक विरोध प्रदर्शनमा १३ भन्दा बढी कार्टुनिस्ट, कुचिकार र कलाकारको उपस्थिति रहने जनाइएको छ।

साँझ ५ बजेबाट लाइभ कार्टुन र पेन्टिङ गरिने तथा साँझ ६ बजेपछि प्रदर्शनी र मैनबत्ती प्रज्ज्वलन गरिने आयोजकले जानकारी दिएको छ ।

गत साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी पन्तको हत्यारा अझैसम्म पत्ता लागेको छैन । नक्कली अपराधी खडा गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि गोली चलाउँदा १४ वर्षीय किशोर शनी खुनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement