निर्मला हत्या प्रकरण : एआईजी धिरु बस्न्यात कञ्चनपुरमा


काठमाडौं – १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या  प्रकरणमा प्रहरी अनुसन्धानमा देखिएको कमजोरी छानविन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्यात शुक्रबार कञ्चनपुर पुगेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

बस्न्यात नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गरेकाे थियाे ।

कञ्चनपुरका तत्कालिन एसपी विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घट्ना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेका थिए । ब्यूरोको टोलीले अनुसन्धानपछि सार्वजनिक गरेका ४९ वर्षीय दिलिपसिंह विष्ट बलात्कारमा संलग्न भएको बारे स्थानीयले विश्वास नगरेपछि कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएको थियो ।

अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्यूरोको साख निर्मला बलात्कार प्रकरणमा खस्किएको छ । एउटै घट्नाले प्रहरी संगठनप्रति नकारात्मक छाप परेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अधिकारी माथिनै छानविन थालेको हाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement