कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको बयान सुरु भएको छ । निर्मलाकी आमा दुर्गादेवीले एसपी विष्टसहित आठ जना प्रहरीविरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा एसपी विष्ट आफै अदालतमा उपस्थित भएका थिए ।
बिहान साढे १० बजेतिर अदालतमा उपस्थित भएका विष्टको दिउँसोदेखि बयान सुरु भएको थियो । जिल्ला न्यायाधीश डा। राजेन्द्र कुमार श्रेष्ठको उपस्थितीमा एसपी विष्टको बयान सुरु भए पनि नसकिएपछि उनी प्रहरी नियन्त्रणमा छन् ।
कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले आदालतमा हाजिर भएका पूर्व एसपी विष्टको बयान नसकिएको बताए । उनको बयान नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको श्रेष्तेदार अवस्थीले जानकारी दिए । बुधबार बयान सकेर थुनछेक बहस हुने अदालतले जनाएको छ ।
अदालत पुगेका एसपी विष्टले आफूविरुद्ध केही व्यक्ति र मिडियाले फरार रहेको बफबाह फैलाएकाले आफै उपस्थित भएको बताए । उनी एक्लै अदालतमा उपस्थित भएका थिए, भने सिआइबीका पूर्व डिएसपी अंगुर जिसी उपस्थित भएका थिएनन् ।
यसअघि अदालतले यातनाको मुद्दामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खडकाबाट जनही पाँच(पाँच लाख रुपैया अशुल्न आदेश जारी गरेको थियो । भने उनीहरुलाई नै सार्वजनिक कसुर मुद्दामा पूर्व डिएसपी सेठी र पूर्व प्रहरी निरीक्षक खडकाबाट च-चार लाख गरी सेठी र खडकाबाट ९-९ लाख रुपैयाँ अशुल्न आदेश जारी गरेको हो ।
यस्तै सार्वजनिक कसुर मुद्दाअन्तर्गत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैयाँ अशुल्न आदेश दिएको हो । पूर्व प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र डिएसपी अंगुर जिसीलाई भने अदालतले यसअघि नै ३५ दिनभित्र आदालतमा हाजिर हुन पत्र काटिसकेको थियो ।
४ भदौँमा सार्वजनिक गरिएका ४१ वर्षीय दिलिप सिंह विष्टका दाजु खडक सिंह विष्टले पूर्व कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खडकाविरुद्ध यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए ।
निर्मलाकी आमा दुर्गादेवीले कञ्चनपुरका पूर्व प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, पुर्व प्रहरी नायक उपरीक्षकद्वय ज्ञान बहादुर सेठी, अंगुर जिसी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खडका, जगदीश प्रशाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय रामसिंह धामी, हरिसिंह धामी प्रहरी जवान जाँदनी साउदविरुद्ध सार्वजनिक न्याय कसुरसम्बन्धी मुद्दा दायर गरेकी थिइन् । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।




प्रतिक्रिया