निर्माणकर्मीको जोखिलाई मध्यनजर गर्दै शिवम् सिमेन्टको बिमा योजना


काठमाण्डु – शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको छ । नर्माणकार्यमा खटिने मजदुरहरुले दैनिक जोखिमबहन गर्नुपर्ने भएकाले उनीहरुलाई लक्षित गर्दै बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । साथै सिमेन्ट कम्पनिले देशमा विभिन्न ठाउँमा प्राविधिक अन्तरकृया गर्दै आएको छ ।

प्राविधिक अन्तरक्रियामा सहभागि निर्माणकमीहरु को लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको कम्पनिले जनाएको छ । प्राविधिक अन्तरक्रिया अन्र्तगत आज आबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २ सय ६० निर्माण कर्मीहरुसंग अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा निर्माणकर्मीहरुलाई प्राविधिक बिषयमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा प्राविधिकहरुले सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।

पहिलो चरण अन्र्तगत भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरु संग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् । सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आएको छ ।

टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गरेर परामर्श लिन सकिले जनाइएको छ । देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एन एस क्वालिटी अवार्ड २०१९ बाट सम्मानीत भएको थियो ।

ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा स्थापना भएको हो । हेटौडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । सिमेन्टले नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा क्ष्क्क्ष्, ग्च्क् प्रमाणित क्ष्क्इ ऋभचतषष्अबतभ प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement