सर्वोच्चको मूख्य रजिष्टारमा नृपध्वज निरौला सिफारिस


काठमाडौं – नृपध्वज निरौला सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस भएका छन्। न्याय सेवा आयोगको मंगलबारको बैठकले उनलाई सिफारिस गरेको हो ।आयोगको उक्त सिफारिस मन्त्रीपरिषद्ले पास गर्नु पर्ने हुन्छ।

नृपध्वज न्याय परिषद् सचिव हुँदा तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सेवा निवृत्त भएको पत्र काटेका थिए । उनले पराजुलीको शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै कार्यकाल किटान गरेरै पत्र लखेका थिए।

मुख्य रजिष्ट्रार डा. राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा उनलाई सिफारिस गरिएको हो। यसअघि उनी न्याय परिषद्का सचिव थिए। यस्तै प्रधानन्यायाधीश चोलेन्द्र राणाको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले न्यायपरिषद सचिवमा देवेन्द्र ढकाललाई बढुवा गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement