नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु


काठमाण्डु –  नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरू भएको छ । काठमाण्डु उपत्यका बाहिर आज र भोली निर्वाचन हुँदैछ । आज विहान १० बजेबाट मतदान सूरू भएको छ । दिउँसो ४ बजेसम्म उपत्यका बाहिरका ६ वटा मतदान केन्द्रमा मतदान हुने जनाइएको छ ।

कोशी अस्पताल विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल बीरगञ्जमा मतदान भइरहेको । यस्तै भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पनि आजै देखि मतदान सुरू भइरहेको निर्वाचन समितिले जनाएको छ।

No description available.

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको उमेदुवारी परेको छ । उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदका लागि डा शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा. प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन् ।

उमेद्वारहरूको सूची :

No description available.

 

प्रतिक्रिया दिनुहोस
Advertisement