फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने, कहिलेसम्म कायम रहन्छ ?


काठमाण्डु- राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अन्तर्गत फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोग राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

Press Statement 11-16

प्रतिक्रिया दिनुहोस
Advertisement