सहकारी पीडित र रास्वपा कार्यकर्ताको दोहोरो प्रदर्शन तयारीपछि पोखराका शहिद चोक र गैह्रापाटन क्षेत्रमा निषेधाज्ञा

सहकारी पीडित र रास्वपा कार्यकर्ताको दोहोरो प्रदर्शन तयारीपछि पोखराका शहिद चोक र गैह्रापाटन क्षेत्रमा निषेधाज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय कास्कीले सहकारी पीडित र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले छुट्टाछुट्टै प्रदर्शन एकै स्थानमा गरेपछि पोखराका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहिद चोक र गैह्रापाटन आसपासमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर कास्की पुर्‍याइएको छ । उनलाई आजै कास्की जिल्ला अदालतमा नवराज दाहालको इजलाशमा पेश गरिँदैछ ।

निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनामा उल्लेख छ ।

प्रशासनले प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।