निता अम्बानी जब आईपीएल ट्रफी बोकेर सडकमा घुमिन…


एजेन्सी – एसियाकै धनाढ्य मुकेश अम्बानी पत्नि निता अम्बानी आईपीएल २०१९ को बिजेता मुम्बई इन्डियन्स बनेपछि ट्रफी बोकेर सडकमा घुमेकी छिन् ।

आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियनन्स टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले पराजित गरेको थियो । मुम्बईले यो समेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् ।

खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि निकै खुशी देखिएकी थिइन् । उनले ट्रफीसँग फोटो खिचाएकी थिइन् भने ट्रफी बोकेर हिडेकी थिइन् । मुम्बई इन्डियन्स टीम भने सोमबार मुम्बई एयरपोर्टमा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement