काठमाण्डु- पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्ष र सरकारबीच सोमबार साँझ वार्ता हुँदैछ ।
सोमबार साँझ ६ बजे गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको एमाले सांसद योगेश भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार आन्दोलनरत पक्षले गृहमन्त्रीसँग भेटेर आफ्ना कुरा राख्न चाहेकाले सोमबार साँझ भेटघाटको समय तय भएको हो ।
आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फÞत समस्याको समाधान गर्न समेत उनले अनुरोध गरेका छन् ।
आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आइताबर तय भएको वार्ता भाँडिएको थियो । आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने भन्दै सोमबार साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
प्रतिक्रिया