काठमाण्डु – ‘नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा समूहले गृहमन्त्री लेखकको राजीनामा मागेको हो ।
समूहले आज काठमाडौंको माइतीघर मण्डलामा विभिन्न प्लेकार्डसहित प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा मागेको हो ।
केबलकारविरोधी समूह र प्रहरीबीच गत माघ १२ गते भएको झडपमा प्रहरीले चलाएको गोली दुई जना आन्दोलनकारीलाई लागेको थियो । त्यसयता केबलकार विरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ ।
माइतिघरमा प्रदर्शन गर्दै उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे’, ‘नो केबलकार’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’, ‘गिरफ्तार नागरिकलाई रिहाइ गर’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द गर’ जस्ता नारा लगाएका थिए ।
प्रतिक्रिया