यौन हिंसाविरुद्धका अभियन्तालाई नोबेल शान्ति पुरस्कार


काठमाडाैं–यो वर्षको नोबेल शान्ति पुरस्कार बलात्कार विरुद्धको अभियान्ता नादिया मुराद र डेनिस मुकवेजलाई प्रदान गरिएकाे छ।

मुदार इस्लामिक आतंकवादीहरुबाट यातना खेपेकी बलात्कृत एक याजिदी समुदायकी महिला हुन्। उनी हाल याजिदो महिला मुक्तिको अभियानमा संलग्न छन्। यस्तै मुकवेज कंगोका स्त्रीरोग विषशेज्ञ हुन्। उनले साथीको सहयोगमा दसौं हजार पीडितलाई सहयोग गरेका छन्।

शान्ति पुरस्कारका लागि ३३१ भन्दा बढी संस्थाहरु मनोनीत भएका थिए। नर्वेको राजधानी ओस्लोमा शुक्रबार नोबेल शान्ति विजेताको घोषणा भएको हो।

घोषणामा बोल्दै नोबेल पुरस्कारका सभापति बेरिस रिस एन्डरसनले भने, ‘यो पुरस्कार युद्ध हतियारको रुपमा प्रयोग भएको यौन हिंसा अन्त्य गर्ने प्रयासको लागि हो।’ पुरस्कृत दुवैले युद्ध अपराधविरुद्ध लड्न र आवाज उडाउन महत्वपूर्ण कार्य गरिरहेको उनले बताए।

मुकवेज र उनका साथीहरुले कंगोमा ३० हजारभन्दा बढी बलात्कृत महिलालाई उपचार गरेको बताइएको छ। योसँगै उनीहरुले युद्धको क्रममा हुने यौन हिंसाको उपचारको क्षेत्रमा दक्षता पनि हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement