यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नभी पिल्लेलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नभी पिल्लेलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी न्यायविद् नभी पिल्लेलाई प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय कानुनको विकास, मानवअधिकारको संरक्षण र युद्ध तथा हिंसा रोक्न कानुनी उपायहरूको प्रभावकारी प्रयोगमा योगदान पुर्‍याएको भन्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो।

भारतीय तमिल मूलको परिवारमा दक्षिण अफ्रिकाको डरबनमा जन्मिएकी पिल्लेले रंगभेदको कठिन परिस्थितिमा कानुन व्यवसाय सुरु गरेकी थिइन्।

उनले रंगभेदविरुद्ध आवाज उठाउने नेल्सन मण्डेलासहितका व्यक्तिहरूको प्रतिरक्षा गर्दै कानुनी क्षेत्रमा आफ्नो पहिचान बनाएकी थिइन्।

पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि गठित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशका रूपमा काम गरिसकेकी छन्। उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तसमेत भएकी थिइन्।

उनले पछिल्लो समय प्यालेस्टिनी अधीनस्थ क्षेत्रसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगको अध्यक्षका रूपमा पनि काम गरेकी थिइन्।

हाल उनी म्यानमारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशका रूपमा कार्यरत रहेको पुरस्कारसम्बन्धी विवरणमा उल्लेख छ।

नोबेल पुरस्कारसम्बन्धी विवरणअनुसार पिल्लेले अन्तर्राष्ट्रिय कानुनको दायरा र प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान दिएकी छन्।

अन्तर्राष्ट्रिय अदालतका ऐतिहासिक मुद्दाहरूमा उनको भूमिकाले युद्ध र हिंसाका घटना रोक्न कानुनी उपायहरू प्रभावकारी हुन सक्ने देखाएको छ।

अन्तर्राष्ट्रिय कानुनी संस्थाहरूलाई सुदृढ बनाउन पनि उनले योगदान पुर्‍याएकी छन्। स्वतन्त्र निर्णय क्षमता, कानुनी विशेषज्ञता र सिद्धान्तप्रतिको दृढताका कारण उनी समकालीन विश्वका सम्मानित अन्तर्राष्ट्रिय न्यायविद्हरूमध्ये एक बनेकी छन्।