नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्री अहमद अलीलाई


काठमाडौं – सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ। “शान्ति प्राप्ति र अन्तर्रा्ष्ट्रिय सहकार्य“ जुटाउन उनले गरेको प्रयत्नका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो।

सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो।यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा सङ्घसंस्था र २ सय २३ जना व्यक्तिहरू सहित ३ सय १ को मनोनयन परेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement