ऋतिक र सुजैनले गरे अंकमाल


मुम्बईको रोयल ओपेरा हाउसमा ‘सलाम नोनी आपा’को प्रिब्यु राखिएको थियो । यो कार्यक्रममा बलिउडका प्रायजसो सेलिब्रेटीहरु उपस्थित रहेका थिए ।

ऋतिक रोशन त्यही आफ्नी पूर्वपत्नी सुजैनसँग अंकमाल गरिरहेको अवस्थामा देखिए । अक्षयकुमारले पनि ऋतिक रोशनसँग अंकमाल गरे । अक्षय कुमारका छोरा आरभ नानी डिम्पल कपाडियासँगै देखिएका थिए । यसका अलावा टिवंकल खन्ना, गायत्री जोशी, तारा शर्मा, अनुपम खेरसहितका सेलिब्रेटी इभेन्टमा सहभागी थिए ।

ऋतिक रोशन र सुजैन खान कानुनी रुपमै अलग भइसकेका छन् तर उनीहरु अक्सर पार्टी र इभेन्टहरुमासँगै देखिन्छन् । नाटक ‘सलाम नोनी आपा’को प्रिब्युमा पनि उनीहरु एकै कारमा पुगेका थिए ।

कारमा ऋतिक अगाडिको सिटमा बसेका थिए, त्यही कारमा सुजैन ब्याक सिटमा बसेकी थिइन् । ऋतिकले यो इभेन्टका केही तस्विरहरु आफ्नो इन्ट्राग्राममा पनि सेयर गरेका छन् । ऋतिक एक सेयर गरेको एक फोटो यस्तो पनि छ जसमा ऋतिक मिडियासँग कुराकानी गरिरहेका छन् र सुजैन उनलाई देखेर हाँसिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement