उत्तर कोरियाले सार्वजनिक गर्‍यो अन्तरिक्षबाट खिचिएकाे क्षेप्यास्त्र परीक्षणको तस्वीर


एजेन्सी – उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले तस्विरहरू सार्वजनिक गर्दै यो सन् २०१७ यताकै सबैभन्दा ठूलो मिसाइल परीक्षण भएको बताएको छ ।

अन्तरिक्षबाट लिइएका तस्बिरहरूले कोरियाली प्रायद्वीप र वरपरका क्षेत्रहरू देखाउँछन्। उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल मध्यम दुरीको ह्वासोङ–१२ रहेको बताएको छ ।

दक्षिण कोरिया र जापानले उक्त क्षेप्यास्त्र २ हजार किलोमिटरको उचाइमा पुगेर जापान सागरमा खसेको बताएका छन् । दुवै देशले यो परीक्षणको निन्दा गरेका छन् । यो महिना उत्तर कोरियाले गरेको सातौं परीक्षण हो।

क्षेप्यास्त्र परीक्षणको तस्बिर सरकारी समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको हो । मिसाइलमा नै क्यामेरा जडान गरिएको र सोही क्यामेराले तस्विर पठाएको बताइएको छ । परीक्षाको क्रममा दुईवटा तस्बिरहरू लिइन्छ र बाँकी तस्बिरहरू बीचमा छन् जुन माथिबाट लिइएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement