उत्तर कोरिया र अमेरिकाबीच कार्यदलस्तरीय वार्ता गर्न सहमत


प्योङयाङ – वासिङ्टन र प्योङयाङ आगामी अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमत भएका उत्तर कोरियाली विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मङ्गलबार जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार बनेको जनाएको छ ।

उनले भने, “मलाई विश्वास छ कार्यदलस्तरीय वार्ताबाट अमेरिका–उत्तर कोरिया सम्बन्ध विकासका लागि सकारात्मक गति प्राप्त हुनेछ ।”वासिङ्टन-प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत बर्षदेखि शुरू भई यसै बर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ताबाट सम्झौताका लागि कुनै प्रगति नभएपछि वार्ता प्रक्रिया अवरूद्ध रहिआएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement