ट्रम्प नबुझ्ने बुढो : उत्तर कोरिया


प्योङयाङ – उत्तर कोरियाकोतर्फबाट लगातार भड्किलो किसिमको भाषण आएपछि अमेरिकाले संयुक्त राष्ट्रसंघको बैठक बोलाएको छ । उत्तर कोरियाले ट्रम्पलाई हासोमा उडाउदै नसम्झने अर्थात आफूखुसी गर्ने बुढो भएको बताएको छ । उत्तरले यो भन्दा पहिले ट्वीट गर्दै दुवै नेताबीच विशेष सम्बन्ध परित्याग गर्न नचाहेको बताएको थियो ।

फेब्रुअरीमा भियतनाममा ट्रम्प र किम जोङ उनबीचको वार्ता भंग भएपछि उनीहरुबीच परमाणु वार्ता रोकिएको थियो । अमेरिकी पक्षले उत्तर कोरियाद्वारा आफ्नो केही परमाणु क्षमताको आंशिक आत्मसमर्पण गरेपछि यसको बदलामा प्रतिबन्ध व्यापक फुकुवा गर्नुपर्ने माग उत्तर कोरियाले राखेको थियो ।

उत्तर कोरियाका वरिष्ठ अधिकारी तथा पूर्व परमाणु वार्ताकार किम यंग चोलले एक बयानमा भनेका छन्, “आफ्नो देश अमेरिकी दबाबको सामु घुडा टेक्न छैन । किनकी आफूले केही पनि गुमाउनु छैन ।” ट्रम्प प्रशासनमाथि परमाणु वार्ता बचाउनका लागि किम जोङ उनद्वारा निर्धारित वर्षभरीको समयसीमाभन्दा पहिले तथा समयसीमा सार्ने प्रयास गरेको आरोप उनले लगाएका छन् ।

यदी अमेरिकाले आफ्नो प्रतिबन्ध तथा दबाबलाई जारी राख्यो भने उत्तर कोरियाले नयाँ बाटो खोज्ने किमले बताए । उनले ट्रम्प प्रशासनका लागि परस्पर स्वीकार्य सम्झौताका लागि समय सीमा जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement