काठमाण्डु – राजधानी काठमाण्डुको नर्भिक इन्टरनेसनल हस्पिटलमा मस्तिष्कमा अनावश्यक जम्मा हुने पानी ‘हाइड्रोसेफलस’ रोगको नयाँ उपचार विधि सुरु भएको छ ।
रोगको उपचार मस्तिष्कमा पाइप राखेर सन्ट सल्यक्रियाद्वारा गर्ने गरिएको भए पनि जटिल मानिन्छ । जटिलता कम गर्न पुनः शल्यक्रिया नगरी रिमोर्टबाट पाइपको प्रवाहलाई हेरफेर गर्न सकिने नर्भिक हस्पिटलले जनाएको छ ।
यो शल्यक्रिया २५ वर्षमा पहिलोपटक नर्भिकमा गरिएको छ । हस्पिटलले नयाँ उपचार विधिको लाभ लिन आह्वान गरेको छ ।
प्रतिक्रिया