देब्रे खुट्टाको अप्रेसन गर्न नर्भिक अस्पताल पुगेकी बिरामीको दाहिने घुँडा चिरिदिएपछि…


काठमाडौं– राजधानीको नर्भिक इन्टरनेसनल अस्पतालको लापरवाही बाहिर आएको छ।

देब्रे खुट्टाको अप्रेसन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अप्रेसन गरिदिएका छन्, नर्भिकका डाक्टरले।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ की ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक अस्पतालमा भर्ना भएकी थिइन। नर्भिकका डाक्टर प्रविण नेपालले देब्रे खुट्टाको साटो दाइने खुट्टा चिरेका हुन्।

मानवस्वास्थ्यमाथि गम्भीर खेलाड भएपछि दुवै खुट्टाको उपचार निःशुल्क गर्ने सहमति भएको छ। नर्भिक चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल हो। सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको स्वीकार गरेका छन्।

विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement