प्रहरीमा एआइजी सरुवाको तयारी : उपत्यका प्रहरी प्रमुखमा टेकप्रसाद राई आउने


काठमाण्डु – गृहमन्त्रालयले नेपाल प्रहरीका एआइजीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ । गृहमन्त्री रवि लामिछानेले आज बस्ने मन्त्रिपरिषदको बैठकमा एआइजीको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव लिने तयारी गरेका छन् ।

मन्त्रीपरिषदको बैठक आज अपरान्ह् ४ बजे बस्ने तय भएको छ । गृहमन्त्रीले एआइजीहरु दीपक थापा, सुदिप गिरी, उमेश जोशी, टेकप्रसाद राई र भीम ढकालको सरुवा गर्ने तयारी छ ।

उपत्यका प्रहरी प्रमुखमा १० महिनाअघि सरुवा भएका थापाको ठाउंमा टेकप्रसाद राई, प्रशिक्षण प्रतिस्ठानमा गिरी र जोशीलाई प्रदेश समन्वयमा लैजाने गृहमन्त्री तयारी रहेको स्रोत बताउंछ ।

एआइजी दीपक थापा मानवस्रोत र भीम ढकालको प्रशासन विभागमा सरुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement