सरकारका १०० दिन बारे कांग्रेसले छलफल गर्दै

सरकारका १०० दिन बारे कांग्रेसले छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल गर्न लागेको छ ।

नेपाली कांग्रेस संसदीय मामिला सहजीकरण संयन्त्रले आइतबार बिहान सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा छलफल गर्न लागेको हो । छलपलल पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

यसअघि शनिबार कांग्रेसले सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको थियो ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामाबसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकको बैठकले सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसद्मा उठाउने, सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसद्मा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने।’

मन्त्रालयगत संयोजकद्वारा प्रस्तुत प्रतिवेदनमाथि समीक्षा गरी प्राप्त सुझाव तथा निष्कर्ष अनुसार आवश्यक सुधारात्मक कार्यहरू अगाडि बढाउन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने समेत बैठकले निर्णय गरेको छ।