नेपालगञ्ज क्रिकेट कपमा रोल्पाको दबदबा


नेपालगञ्ज– आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको सातौ दिनको खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले लगातार जित हासिल गर्दै फाइनलका लागि आफ्नो दबदबा कायम नै राखेको छ।

आफनो ५ खेल खेल्दा ४ जित निकाल्दै आईतवार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीलाई झिनो अन्तरले हराउदै जित दर्ता गरेको हो।
पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले एबरोल टीएमटी लुम्बिनी यात्रीजलाई ४ रनले हराएको हो।

निकै नै रोमान्चक परिस्थितिमा पुगेको खेलमा अन्तिम ६ बल बाकी रहदा ६ रन चाहिएको थियो। लुम्बिनी यात्रीजलाई तर खेल भ्याईन एक बल अगाडी आफनो सम्पूूर्ण विकेट गुुमाउदै पप्पु कन्सट्रक्सनले ४ रनको जित निकालेको थियो।

टस जितेर पहिला ब्याटिंग रोजेको पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले राम्रो सुरुवात गरेको रोल्पा गोरिल्लाजका लागि ओपनर ब्याट्सम्यान रोल्पाका कप्तान सौरभ खनालले २७ रन, भीम सार्कीले २३ रन त्यस्तै आकाश थापाले २९ रन र नन्दर यादवले ४० रन जोडेका थिए।

निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेटको क्षतिमा १४१ रन जोडेको हो। एबरोल टीएमटी लुम्बिनी यात्रीजका लागि सोम शर्माले सर्वाधिक ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए।

जितका लागि १ सय ४२ रनको लक्ष्य पाएको एबरोल टीएमटी लुम्बिनी यात्रीजले अन्तिम ओभरमा आएर खेल गुमाएको थियो। लुम्बिनीका कप्तान कृष्ण कार्कीले ३५ बसिर अहमदले २४ रन तथा कुसल मल्ल तथा विशाल खत्रीले २०–२० रन जोडेका थिए।

खेलको अन्तिम ओभरमा निकै राम्रो बलिडं गर्दे पप्पु कन्सट्रक्सनका बलर भिम सार्कीले १९.५ बलमा अन्तिम ब्याट्सम्यानका रुपमा बसिर अहमदलाई आउट गराउदै टिमलाई जित दिलाएका थिए।

अन्तिम ओभरमा भिम सार्कीले २ विकेट लिएका थिए। पप्पु कन्सट्रक्सनका लागि बसन्त कार्कीले समेत २ विकेट लिएका थिए।

खेलमा २३ रन तथा २ विकेट लिन सफल पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका भिम सार्की म्यान अफ द म्याच घोषित भए।

आइतबार नै भएको दोस्रो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले ७ विकेटले जितेको छ। टस जितेर फिल्डिंग रोजेको अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले जिसान बांके ब्लास्टरलाई ब्याटिंगको निम्तो दिएको थियो।

बांके ब्लास्टरका लागि ओपनर तथा कप्तान महेश क्षेत्रीले नटआउट ४८ रन बनाए भने अर्का ओपनर विपिन रावलले २३ रन जोडे।

त्यस्तै विशाल के.सि ले १६ तथा रोमन बलमे १३ रन जोडे । २० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिको १४० रन बनाएका थिए ।बर्दिया टाईर्गसका लागि दुर्गेस गुप्ता तथा भरत थापाले समान २–२ विकेट लिए।

अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले १८.४ ओभरमा ४ विकेट गुमाउदै जित निकालेको थियो । जस्मा कप्तान सुवेन्दु पाण्डेले नट आउट ३५ बलमा ४६ रन,राजवीर सिंहले ३५ बलमा ४३ रन बनाए।  विश्वास श्रेष्ठले १९ रन जोडे।

खेलका म्यान अफ द म्याच ४६ रन बनाएका अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसका कप्तान सुवेन्दु पाण्डे घोषित भए ।

६ वटा टीम रहेको प्रतियोगितामा प्रत्येक टिमले ५ वटा खेल खेल्ने छन्। सोमवार लिग खेलमा आफनो अन्तिम खेल एनआइसी एसिया दंगाली गोर्खाज र आर्शिवाद पेन्ट्स पाल्पा योद्याजबीच तथा एबरोल टीएमटी लुम्बिनी यात्रीज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसबीच रहेको छ ।

आफ्नो ५ खेलमा ४ वटा जित संगै पप्पु कन्सट्रक्सन रोल्पा गोरल्लाज शीर्ष स्थानमा रहेको छ। प्रतियोगिताको फाइनल खेल १२ गते हुनेछ।

प्रतियोगिताको शीर्ष स्थानमा रहेका २ टिम फाइनलमा भिड्ने छन् । प्रतियोगिताको विजेताले १ लाख १० हजार तथा ंंउपविजेताले साठी हजार पाउने आयोजकले जनाएका छ।

प्रतिक्रिया दिनुहोस
Advertisement