काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सानदार जित हात पारेको छ । चितवनले विराटनगर किङ्गसलाई ८ रनले हराएको हो।
चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर ४ बल बाँकी रहर्दै अल आउट भयो ।
विराटनगरका आन्द्रे रसेलले ४ छक्का र १ चौका हान्दै ३३ रन जोडेर आउट भए । यस्तै इमरान शेखले ३९, लोकेस बमले २६ र बाशिर अहमदले १३ रन जोडे । सन्दीप लामिछाने, प्रतिश जिसि र रुपेश सिंह एक रन नजोड्दै आउट भए ।
चितवनका लागि कमल ऐरीले ४ विकेट लिए । यस्तै रिजन ढकाल २, मौसम ढकाल, ड्यान मौउस्ली र रन्जीत कुमारले एक–एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङ्को निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।
चितवनका लागि डाविट मलानले सर्वाधिक ७० रन जोडे । मलानलाई विराटनगरका आन्द्रे रसेलले बोल्ड आउट गरे ।
एनपीएल सिजन ३ मा पहिलो अर्धशतक बनाएका मलानले ५ चौका र ५ छक्का प्रहार गरे।
यस्तै ड्यान माउस्लीले २९ रन, रवि वोपराले ३२ र देव खनाल १२ रन बाहेक अरु व्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
विराटनगरका चरिथ असलंका, आन्द्रे रसेल र एन्जेलो म्याथ्युजले समान एक एक विकेट लिए ।


प्रतिक्रिया