एनपीएलमा आज दुई खेल : जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल : जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ : ३० बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्ने छन् भने साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ।

दोस्रो खेलमा जनकपुरलाई हराएको कर्णाली लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित विराटनगर पनि जितको लक्ष्यसहित मैदान उत्रिनेछ।

यसअघि बुधबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।