एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार दुई खेल हुँदैछन्।

पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

काठमाडौँ गोर्खाजको कप्तानी करण केसीले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। काठमाडौँ गोर्खाजमा अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर र भारतीय विकेटकिपर ब्याटर केएस भरत मुख्य आकर्षणका रूपमा छन्। त्यस्तै, कर्णालीमा सोमपाल कामी, मार्क वाट, अकबर अली र गुलशन झाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पहिलो खेलमा काठमाडौँ जिनबवहीन छ । दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ । उता कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भएर चार अङ्क जोडिसकेको छ । कर्णाली तेस्रो जितका लागि मैदानमा उत्रने तयारीमा छ।

यस्तै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।

हालसम्म सुदूरपश्चिम रोयल्सले तीन खेल खेलिसक्दा एक खेलमा मात्र जित निकालेको छ । दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नै पर्ने दबाबमा छ । त्यस्तै चितवन राइनोजले दुई खेल खेलिसक्दा अपराजित छ । एक जित निकालेको चितवनले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन्। लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोलीले उपाधिका लागि हुने प्लेअफमा स्थान बनाउनेछन्।