एनपीएल : पोखराले टस जित्यो, ब्याटिङ गर्दै

एनपीएल : पोखराले टस जित्यो, ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पोखराले तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदिरा समाराविक्रमाको स्थानमा सन्नी विक, विवेक राना मगर र धनन्जय लक्षण पहिलो रोजाइमा खेल्दैछन् ।

यस्तै कर्णालीले दुई परिवर्तन गरेको छ । हुसेन तलतको स्थानमा जिशन आलम र युनिश विक्रम शाही ठकुरीको स्थानमा युवराज खत्रीले पहिलो रोजाईँमा खेल्दैछन् ।

लगातार चार खेल हारेर पोखरा पहिलो जितको खोजीमा छ । चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको कर्णाली तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।