काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । रुबेन ट्रम्पलम्यान २ बलमा ४ रन बनाएर अविजित रहे ।
कप्तान रोहित पौडेलले ३० रन बनाएर आउट भए । राम्रो सुरुवात गरेको लुम्बिनीले बिचमा लगातार विकेट गुमाएपछि दबाबमा परेको थियो । तर अन्तिम ५ ओभरमा ४७ रन जोड्दै टोलीले प्रतिस्पर्धात्मक योगफल तयार पार्यो ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक २ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।
यसअघि टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका थिए ।
लगातार दोस्रोपटक फाइनलमा भिडिरहेका यी २ टोलीमध्ये लुम्बिनी साविक विजेता हो भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ । अब सुदूरपश्चिमले उपाधि जित्न १५६ रन बनाउनुपर्नेछ ।



प्रतिक्रिया