एनपीएल : कर्णालीले खाता खोल्यो, रोकियो चितवनको जितको श्रृंखला

एनपीएल : कर्णालीले खाता खोल्यो, रोकियो चितवनको जितको श्रृंखला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ ।

१३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । कर्णालीका लागि शिखर धवनले ४५, देव खनालले २५, चाडविक वाल्टनले ३० रन र अर्जुन घर्तीले ११ रनको योगदान दिए भने जिसन मक्सुदले १२ रनमा अविजित रहे ।

चितवनका लागि कप्तान कुशल मल्ल, जन निकल लफ्टी र रवि बोपराले एक एक विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५९ रनमा अविजित रहे भने शरद भेषवाकर ३ बलमा ६ मा अविजित रहे ।

त्यस्तै, कप्तान कुशल मल्ल २७, विपिन रावल ११, जन निकल लफ्टी नौ, जन निकल लफ्टी र अमरसिंह रौटेला नौ, दिपक बोहरा आठ, लुक बेन्केस्टाइन र सोहेल तानविर शून्य, बनाएर आउट भए ।

कर्णालीका लागि विपिन शर्मा तीन, जिसन मक्सुद दुई, सोमपाल कामी र नन्दन यादवले समान एक एक विकेट लिए ।

एनपीएलमा चितवनको अपराजित यात्रालाई कर्णालीले रोकिदिएको छ । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ । यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । कर्णाली भने जितविहीन थियो । दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जित हात पारेको छ ।