काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो
एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स पहिलो पटक आम्नेसाम्ने भएका हुन् ।
जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो । दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया