काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
काठमाण्डु र चितवनबीचको विजेताले बिहीबार फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको हो ।
दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग खेल्नेछ ।
लिग चरणमा काठमाण्डु ७ खेलमध्ये चारमा जित र तीनमा हार बेहोर्दै तेस्रो स्थानमा रह्यो । यस्तै, चितवनले ७ खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो ।


प्रतिक्रिया