भेनेजुएलाका राष्ट्रपति पुत्र पुगे नेपालको संसद भवन


काठमाडौं—नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिए।

सो प्रतिनिधिमण्डलमा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी थिए। नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भइरहेको हुँदा अन्तरराष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धताका साथ मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको सांसद बाँस्कोटाले जानकारी दिए।

दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध विस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का सांसद सांसदसँग छलफल गरेको थियो । युवा सङ्घ नेपालको निमन्त्रणमा उक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement