गभर्नर नियुक्तिको ढिलाइबीच राष्ट्र बैंकको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन मन्त्रालयमा पेश

गभर्नर नियुक्तिको ढिलाइबीच राष्ट्र बैंकको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन मन्त्रालयमा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबीच नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराए ।

अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।