राष्ट्र बैंकले बढायो सुन आयातको कोटा, अब २० किलोग्राम ल्याउन पाइने


काठमाण्डु – नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ ।

अब प्रतिदिन सुन २० किलोग्राम आयात गर्न पाइने भएको छ । यसअघि १० किलोग्राम मात्रै सुन आयात गर्न पाइने गरेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर २० किलो सुन ल्याउने बाटो खोलिदिएको हो । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ लाई संशोधन/थप गरेर सुनको कोटा २० किलोग्राम पुर्‍याइएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरिएको छ ।

बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री, उपयोग गरेको सुनको संलग्न अनुसूची–२ बमोजिमको ढाँचामा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनुपर्नेछ । यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement