एनआरएनएमा नयाँ कार्यसमिति निर्वाचित (नामसहित)

एनआरएनएमा नयाँ कार्यसमिति निर्वाचित (नामसहित)

परराष्ट्रमन्त्रीको दबाबमा महेशकुमार श्रेष्ठ अध्यक्षमा चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डा.शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

श्रेष्ठ कांग्रेस निकट हुन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासमेतको दबाबमा श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै भएको एकता महाधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।

११ औँ महाधिवेशनमा भएको विवादकै बीच एनआरएनएको १० औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको थियो । सोही परमादेशपछि घलेले एकता महाधिवेशन गराएका हुन् ।

एकता महाधिवेशन भनिएपनि हालसम्म एनआरएनएको आधिकारिकता भने बद्री केसी नेतृत्वको एनआरएनएसँगै छ । यो विषय सर्वोच्चमा समेत विचाराधीन रहेको तथा एनआरएनएभित्र स्पष्ट दुई समूह रहेकाले आगामी दिनमा विवाद थप चर्किने देखिन्छ ।

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक कार्यक्रम गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गर्नेछ ।

अध्यक्ष

महेशकुमार श्रेष्ठ

उपाध्यक्ष (६ जना)

सुनिल कुमार साह

बुद्धि सागर सुवेदी

खगेन्द्र न्यौपाने

लोकप्रसाद दाहाल

मनोज कुमार श्रेष्ठ (गोर्खाली)

विश्वासदीप लिम्बू (तिगेला)

उपाध्यक्ष (महिला)

जुनु गुरुङ

महासचिव

बाबुराम (बीआर) लामा

सचिव ३ (खुला)

चिन्तामणि सापकोटा

टंकप्रसाद गैरे

तिलकप्रसाद गैरे

कोषाध्यक्ष

ठाकुरप्रसाद ढुंगाना

सचिव (महिला)

देवकी खत्री गुरुङ

सहकोषाध्यक्ष

कृष्णप्रसाद पोखरेल

महिला संयोजक

रश्मी थापा

युवा संयोजक

भीमसेन थापा

एसिया प्रशान्त क्षेत्रीय संयोजक

डा. बलराम श्रेष्ठ

युरोप क्षेत्रीय संयोजक

प्रेमबहादुर गुरुङ

मध्यपूर्व क्षेत्रीय

संयोजक रमेश श्रेष्ठ

उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक

डिलुराम पराजुली

ओसेनिया क्षेत्रीय संयोजक

इर्सद अहमद

क्षेत्रीय उप संयोजकहरू एसिया प्रशान्त क्षेत्रीय उप संयोजक (२ जना)

माधव पोखरेल र मीमबहादुर पुर्जा

मध्यपूर्व क्षेत्रीय उप संयोजक (२ जना)

सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई

उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक (२ जना)

विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री

ओसियाना क्षेत्रीय उप संयोजक (२ जना)

राम प्रसाद कँडेल र प्रताप राना