एनआरएनएको टोली र प्रधानमन्त्री ओलीबीच भेटघाट

एनआरएनएको टोली र प्रधानमन्त्री ओलीबीच भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बद्री केसी सहितका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैरराजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताए ।

भेटमा प्रधानमन्त्री ओलीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैं कतिपटक तपाईंहरूको कार्यक्रममा सहभागी भएँ, त्यसको मतलब नै तपाईंहरू आधिकारिक हो । अब दशौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारे फैसला ११औं महाधिवेशन भइसकेको थियो । पछिल्लो फैसलाले समेत ११औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरु महाधिवेशन भयो/भएनले अर्थ राख्दैन ।’

प्रधानमन्त्री ओलीले हरेक २ वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने भन्दै त्यसतर्फ तयारी गर्न आग्रह गरे । आईतबार मात्र शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले काठमाण्डुमा महाधिवेशन गर्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित समितिले आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।