दूरसञ्चार प्राधिकरणले दियो विवादित कम्पनीलाई ७८ करोडको ठेक्का 


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी ९७० लाख ६६ हजार ८ सय ८८ डलर को आयोजना जिम्मा दिने निर्णय गरेको छ ।

प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी ९जेभी० लाई सम्झौताका लागि आउन पत्राचार गरेको छ ।

यो कम्पनीमाथि मलेसियामा प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्न नसकेको आरोप छ । 

मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले मोबाइल ब्लकिङ सेवा सञ्चालनका लागि न्युमेरालाई जिम्मा दिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement