नौबिसे-मलेखु सडक भोलिदेखि दुई दिन राति बन्द हुने

नौबिसे-मलेखु सडक भोलिदेखि दुई दिन राति बन्द हुने


काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड सोमबारदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । सोमबार र मंगलबार रातिको १० बजेदेखि बिहान ३ बजेसम्म ५ घण्टा सडक बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गरिने छ । काठमाण्डु आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदमघाटमा रोकिने छ ।

सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।