जिप दुर्घटनामा एक जनाको मृत्यु

जिप दुर्घटनामा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । नुवाकोट छहरे टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङ नजिकै बिएई ०५६९ नम्बरको विधुतीय कार अनियन्त्रित भएर करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सिराहा सुखीपुर २ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको काठमाण्डुस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते सुनसरी इनरुवा ५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाण्डु गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा अँध्यारो तथा जंगल क्षेत्रबाट घाइतेहरूको उद्धार गरी काठमाण्डु पठाइएको थियो । घटनाप्रति सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।