न्यायाधीसको इजलास बहिष्कार न्यायालयको आचारसंहिता विपरीतः बार एसोसिएसन


काठमाडौं- सर्वोच्च अदालतको सोमबारको वृहत पूर्ण इजलासमा न्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरेको इजलास बहिष्कार आचारसंहिता बिपरित भएको भन्दै विभिन्न कानुन व्यवसायी संगठनहरुले भत्सर्ना गरेका छन् ।

नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएन, आधिकारिक ट्रेड युनियन सर्वोच्च अदालत, नेपाल निजामति युनियन, नेपाल निजामति कर्मचारी संगठनले आज बेग्ला बेग्लै प्रेस विज्ञप्ति जारी गरी  न्यायाधीश जबराबाट न्यायमूर्तिको  र अदालतमाथि प्रहार भएको ठहर गर्दै भत्सर्ना गरेका हुन् ।

न्यायाधीश जबराको सो कार्यबाट गलत प्रक्रिया र पद्धतिको सुरुवात भएको भन्दै बारसहितका संस्थाहरुले आपत्ती जनाएका छन् ।

संगठनले न्यायाधीशजस्तो पदमा असिन व्यक्तिले पेशी सूचीमा चढेको मुद्दाको तथ्यभन्दा बाहिर ईजलाशको मर्यादा विपरित काम गरेको, न्याय सम्पादनमा संलग्न प्रधानन्यायाधीसप्रति गलत लाञ्छना लगाउने, न्यूनतम मर्यादा तथा आचारणलाई ख्याल नगरेकोप्रति ध्यानाकर्षण समेत जनाएका छन् ।

नेपालको संविधानले निष्पक्ष र समक्ष न्यायपालिकाको परिकल्पना गरेको स्वतन्त्र न्यायपालिकालाई सबैतिरबाट आक्रमण भइरहेको अवस्थामा न्यायाधीशबाटै न्यायलयको मानमर्दन हुने कामले न्यायलयमा जनआस्था घटाउने काम गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement