पाकिस्तानमा पेट्रोल प्रतिलिटर ४५८ रुपैयाँ !

पाकिस्तानमा पेट्रोल प्रतिलिटर ४५८ रुपैयाँ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । पाकिस्तानमा शुक्रबार मध्यरातदेखि लागू हुने गरी सरकारले पेट्रोल र डिजेलको मूल्यमा अहिलेसम्मकै ठूलो वृद्धि गरेको छ ।

पाकिस्तानका पेट्रोलियम मन्त्री अली परवेज मलिक र अर्थमन्त्री मोहम्मद औरंगजेबले नयाँ मूल्य सूची सार्वजनिक गरेका हुन्।

सरकारको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १३७. २३ रुपैयाँ र डिजेलमा प्रतिलिटर १८४.४९ रुपैयाँ बढाइएको छ।

यस वृद्धिसँगै अब पाकिस्तानमा पेट्रोलको मूल्य प्रति लिटर ४५८.४१ पाकिस्तानी रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ५२०.३५ पाकिस्तानी रुपैयाँ पुगेको छ।

भारतीय रुपैयाँको तुलनामा पाकिस्तानमा पेट्रोल करिब १५२ भारतीय रुपैयाँ प्रति लिटर र डिजेल करिब १७३ भारतीय रुपैयाँ प्रति लिटरमा बिक्री भइरहेको छ। एक भारतीय रुपैयाँ बराबर तीन पाकिस्तानी रुपैयाँ हुन्छ ।

इरान युद्ध सुरु भएदेखि पाकिस्तान सरकारले पछिल्लो एक महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यसअघि मार्च ४ मा पनि पेट्रोल र डिजेलको मूल्यमा ५५.५५ रुपैयाँ वृद्धि गरिएको थियो।

विश्व बजारमा इन्धनको बढ्दो मूल्य र आन्तरिक आर्थिक संकटका कारण मूल्य वृद्धि गर्नुपरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

यो वृद्धिसँगै पाकिस्तानमा महँगी अझै बढ्ने अनुमान गरिएको छ, जसले सर्वसाधारणको दैनिकी थप कष्टकर बनाउने देखिन्छ।