राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

सोमबार राष्ट्रपति भवनमा शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार जनगणतन्त्र बङ्गलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलाल, गणतन्त्र एङ्गोलाका गैरआवासीय राजदूत क्लेमेन्टे पेड्रो फ्रान्सिस्को कामेन्ह र गणतन्त्र अर्जेन्टिनाका गैरआवासीय राजदूत मारिनो अगुस्टिनले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । नवनियुक्त राजदूतहरूलाई काठमाण्डुस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।