पेट्रोलियम पदार्थको भाउ २ रुपैयाँले बढ्यो, लिटरको कति पुुग्यो ?


काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो। योसँगै अब पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९७–९७ रुपैयाँमा बिक्री हुनेछ।

भारतीय आयल कर्पोरशेनले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्यवृद्धि गर्नुपरेको निगमको दाबी छ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । नयाँ मूल्य सूची नआउन्जेलसम्म निगमले १५ दिनमा १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement