डिजल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो


काठमाण्डु – नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement