पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो


काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य १२३, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको निगमले जनाएको छ ।

बढाउको उक्त मूलय आइतबार राती १२ बजेपछि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement