ओखलढुंगाकी मुनालाई दलित भएकै कारण घरबेटीले कोठा दिएनन्, प्रहरीमा उजुरी


काठमाण्डु – उपत्यकामा दलित भएकै कारण घरबेटीले कोटा नदिएको अर्को घटना सार्वजनिक भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित कविता रायमाझीको घरमा सामान सार्दासार्दै दलित भन्ने थाहा पाएपछि घरबेटीले डेरा दिन अस्वीकार गरेका छन् ।

ओखलढुंगा जिल्ला मोलुङ्ग गाउपालिका–८ थल्लेरी स्थायी घर भएकी मुना दयाल भन्ने सम्झना विश्वकर्मालाई कोठामा खाट राखिसकेपछि घरबेटीले कोठा दिन नमानेका हुन् । मुनाले जिल्ला प्रहरी परिसर भक्तपुरमा जातीय छुवाछुतको उजुरी दिएकी छन् ।

मुना काठमाण्डु आएको छ महिना पुरा भयो । उनका श्रीमान विष्णु विक तीन महिनाअघि वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । मुना छोराछोरी पढाउन भनेर काठमाण्डु आएकी उनी जातिय भेदभावको सिकार भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement